पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – सिञ्जाका एक किसान बारीमा एउटै काक्रो ८ केजीको फलेपछि दङ्ग परेका छन् ।
कनका सुन्दरी गाउँपालिका ८ को भण्डारीवाडाका किसान जुना भण्डारीको बारीमा ८ केजीको काक्रो फलेको हो । भण्डारीले कनका सुन्दरी गाउँपलिका कृषि शाखाबाट ल्याएको बीउ लगाएपछि ५०–६० ओटा ठूला काक्रा उत्पादन भएको बताउनुभयो ।
‘गएका वर्षहरुमा साना–साना काक्रा फल्थे, अहिले भने बीउ परिवर्तन भएपछि निकै ठूला काक्रा उत्पादन भएको छ’, उहाँले भन्नुभयो, ‘अर्को एउटा काक्रो त अझै १० केजीकै फलेको थियो ।’
काक्राको झुलले थेग्न नसकेपछि बारीमै खसेर फुटेको श्रीमान् खड्कबहादुर भण्डारीले बताउनुभयो । ५ देखी ८ केजीका झण्डै ५०/६० ओटा काक्रा उत्पादन भएको र केही बिक्रीसमेत गरेको भण्डारीले भन्नुभयो ।
प्रदर्शन गर्ने धोको पूरा भएन
आफूले उत्पादन गरेको काक्रो हेर्न बाहिरबाट कोही आएपछि किसान भण्डारीको परिवार चासो देखाउँछ । ‘जिल्लातिर कृषि कार्यालयले स्याउ, आलु र काक्राको पनि प्रदर्शन गरी किसानलाई पुरस्कार दिन्छ भन्ने सुनेको छु । तर हामी दुर्गममा भएकाले त्यो अवसर पाएनौँ’’, किसान जुना भण्डारीले गुनासो गर्नुभयो ।
याे सिजनकाे काक्रोको बिउ सुरक्षित राख्ने र आउँदो वर्ष पूरै बारीभरि त्यहीँ काक्रो लगाउने भण्डारी परिवारले बताएको छ । त्यसपछि काक्रा उत्पादन गरी व्यवसाय सुरु गर्ने उनीहरुकाे धाेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।