ह्याप्पी बर्थडे पारस !

 कात्तिक ७, २०७६ बिहिबार १९:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज अक्टोबर २४ तारिख, नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिने खेलाडी पारस खड्काको जन्मदिन ।

केही दिनअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काको जन्मदिनमा प्रशंसकहरुका साथै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले समेत शुभकामना दिएको छ ।

बिहीबार दिउँसो आईसीसीले एउटा ट्वीट गर्दै पारसको सफलताको चर्चा गर्दै पारसलाई जन्मदिनको शुभकामना दिएको छ । 
आईसीसीले पारसको सफलता उल्लेख गर्दै लेखेको छ ।

  • अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने नेपालका पहिलो र एक मात्र खेलाडी
  • एकदिवसीय क्रिकेटमा नेपालका लागि शतक हान्ने पहिलो र एक मात्र खेलाडी 
  • जन्मदिनको शुभकामना पथप्रदर्शक पारस खड्का !

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा राष्ट्रिय टोलीमा पारसले डेब्यू गरेका थिए । सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । उनले एसीसी टी–२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टी–ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टी–ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टी–ट्वान्टी दुवैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

साथै उनी टी–२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पनि बनेका छन् । नेपाली टाेलीकाे कप्तानबाट राजीनामा दिए पनि पारसबाट नेपाली क्रिकेटले अझ बढी आशा गरेकाे छ । नेपाली क्रिकेटले पारसकै सहयाेगमा टेस्ट मान्यता पाओस् । एकपल्ट फेरि जन्मदिनकाे शुभकामना पारस !

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Tapeshwar shukal

    Oct. 25, 2019, 6:23 a.m.

    Happy birthday ji

  •  0 Reply
  • maheswordangol

    Oct. 24, 2019, 10:58 p.m.

    नेपाली भएर इस्वी सम्बतमा जन्मदिन मनाउँछन र ? आइसीसीले विश टवीट गरेसी त्यही टवीट अनुवाद गरेर खबर बनाएको छ / संयोग पनि गज्जबको , सात गते नै रहेछ जन्मदिन पनि / खबर पनि सात बजे नै पोष्ट भएछ / हैट ....

  •  0 Reply

तपाईको प्रतिक्रिया