सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - एक महिनाअघि वीरगञ्जमा एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया बालिका मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै अपराधीलाई कडाभन्दा कडा सजाय माग गरेकी छिन् ।
उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै एसिड आक्रमण गर्नेमाथि कडाभन्दा कडा कानुन भइदिएको भए आज आफू अस्पतालको बेडमा नहुने पनि बताएकी छिन् ।
वीरगञ्ज महानगरपालिकाका-३, छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।
पढ्नुहोस् प्रधानमन्त्रीलाई मुस्कानको पत्र
माननीय प्रधानमन्त्रीज्यू,
म मुस्कान खातुन अन्सारी,
मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा ठूलो पीडा हो ।
पहिले जेनी खड्का र संगीता मगरलाई तेजाब आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू, हजुरको दुई तिहाई बहुमतको सरकार छ । प्रधानमन्त्रीज्यू, हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधी(तेजाब हान्ने) लाई फाँसी दिन्थेँ होला ।
यसपालि अपराधीले ठूलोभन्दा ठूलो सजाय पाओस् कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी र कसैमाथि तेजाब आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोहीमाथि पनि नपरोस् । यो पीडा भनेको सानो पीडा होइन ।
एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठूलो पीडा हो । यो घटना कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलोभन्दा ठूलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो एउटा पीडा बुझिदिनुहोस् । यो घटना कसैमाथि नहोस् । र अब तेजाब आक्रमणका कारण कोही पनि चेलीबेटी अस्पताल आउन नपरोस् भन्ने अनुरोध गर्दछु ।
धन्यवाद
हामीहरुको प्रधानमन्त्रीज्यू ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।