चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँटाभट्टा हटाउन माग गर्दै आन्दाेलनमा उत्रिए स्थानीय

 कात्तिक ८, २०७६ शुक्रबार १६:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँटाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका पीडितहरुले शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिँदै नगरपालिकाभित्र रहेका सबै इँटाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् ।

त्यस अवसरमा उनीहरुले चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउँदै ५ दिनभित्र त्यहाँका इँटाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँटाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिनभित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इँटाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले चेतावनी दिनुभयो । उहाँले नगरपालिकाले प्रदुषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नुभयो ।

धर्ना कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र बानियाँले आफ्नो वडाबाट इँटाभट्टा हटाउन आफू तयार रहेको बताउनुभयो । उहाँले स्थानीयले इँटाभट्टा हटाएर त्यस ठाउँलाई धुवाँ धुलोमुक्त बनाउन चाहेकाले त्यसमा आफ्नो साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नु यो ।

यसैबीच, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सबै वडासँग छलफल गरेर त्यस क्षेत्रमा रहेका सबै इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाभित्र हुने सबै प्रकारका प्रदूषण नियन्त्रण गर्न नगरपालिका तयार रहेको पनि बताउनुभयो ।

चन्द्रागिरी नगरपालिकाले आफ्नो नगरलाई प्रदूषणमुक्त बनाउने नीति तय गरेप नि कार्यान्वयनमा नगरेकोमा स्थानीयको आक्रोश छ । उनीहरुले क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउने भएकाले त्यस क्षेत्रबाट तत्काल इँटाभट्टा हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन् । 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया