'प्रधानमन्त्रीसँग खिचेको तस्बिरको मेडिकल कलेज सञ्चालक अन्सारीले दुरुपयोग गरिरहेका छन्'

 कात्तिक ८, २०७६ शुक्रबार १९:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । 

समितिले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै बढी लिइएको शुल्क तत्काल फिर्ता लिन माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका कलेजका विद्यार्थीहरुमाथि बिहीबार गुण्डा लगाएर कुटपिट गर्ने काम गरेको भन्दै कलेजका सञ्चालक अन्सारीलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेको हो । 

अन्सारीमाथि कारबाही नभए सरकारविरुद्ध नै कडा आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक प्रकाश चन्दले चेतावनी दिनुभयो । अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग खिचेको तस्बिरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईँको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ 

त्यस्तै कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले पनि नेशनल मेडिकल कलेज वीरगञ्जमा घटेको घटनाको निन्दा गर्नुभयो । भट्टले देशबाट निरंकुशता हटेको भनेर दाबी गरिए पनि हिजोको घटनाले अझै पनि देशमा निरंकुशताको अवशेष बाँकी नै रहेको टिप्पणी गर्नुभयो ।  

मापदण्डविपरीत असुल गरिएका शुल्क फिर्ता गर्न माग गर्दै कलेज परिसरमा आन्दोलनमा गर्दै आएका विद्यार्थीहरुलाई कलेजका सञ्चालक अन्सारीले भारतीय गुण्डा झिकाइ निर्घात कुटपिट गरेको संघर्ष समितिको आरोप छ ।

समितिले चितवन मेडिकल कलेजको पनि मापदण्ड विपरित लिइएको शुल्क असुल गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया