बागलुङमा जीप दुर्घटना : चालक र सहचालकको ज्यान गयो

 कात्तिक ९, २०७६ शनिबार ७:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

बागलुङ - तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर–१, बोङ्गादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्लाङमा दुर्घटना भएको थियो । 

दुर्घटनामा परि ज्यान गुमाउनेमा तमानखोला गाउँपालिका–१ का चालक झकबहादुर विक र सहचालक ओमबहादुर गोतामे रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक(डीएसपी) झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

यात्रु छोडेर घरतर्फ फर्कदै गरेका जीप घुम्तीमा साँघुरो भएका कारण सडकदेखि तल खसेको छ ।  दुवै जनाको शव पाेस्टमर्टमका लागि शुक्रबार  राति नै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । 
 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया