मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

 कात्तिक ९, २०७६ शनिबार १४:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – खाँडादेवी गाउँपालिका १ राकाथुमको बेलघारीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा दोरम्बा गाउँपालिका १ डाँडाकटेरीका राङदान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा एक जना घाइते भएका छन् । 

शनिबार बिहान काठमाण्डौ हिँड्नुभएका तामाङको मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमा नै ज्यान गएको हो । उहाँ प्रदेश नम्बर ३-०२-००१ प ५१०५ नम्बरको मोटरसाइकल लिएर दोलखाका नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण कार्कीसँगै काठमाण्डौ हिँडनुभएको थियो ।  

कार्की मोटरसाइकलबाट हाम फालेर बाँच्न सफल हुनुभएको हो । कार्की सामान्य घाइते हुनुभएको र उहाँको स्थानीय स्थास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा ज्यान गुमाउनुभएको तामाङ जिल्लाकै उत्कृष्ट किसान हुनुहुन्थ्यो । उहाँले दोरम्बाको डाँडाकटेरी भन्ने ठाउँमा आफ्नो जग्गा र अन्य गाउँलेको जग्गा भाडामा लिएर शैलुङ्ग एग्रिकल्चर प्रालीमार्फत किबी खेती सञ्चालन गर्दै आउनुभएको थियो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया