सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – पूर्वउपप्रधान, अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ ।
अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आउँदो फागुन १८ गते अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेस्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जीवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
फाउण्डेशनका महासचिव पदम खतिवडाले आउँदो फागुन १८ गने २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिनुभयो । दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उहाँको चाहना पूरा गर्न यो निर्णय गरिएको खतिवडाले बताउनुभयो ।
अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदारदेखि उहाँले राजनीतिक जीवनमा सहकार्य गर्नुभएका शुभेच्छुकलाई ऐच्छिकरुपमा रकम दानका लागि अपिल गरिने प्रतिष्ठानले जनाएको छ ।
कोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष पिताको वार्षिकीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा सहकारिताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारीपुत्री लीमा अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिष्ठानले आउँदो फागुन १८ गते पहिलो वार्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामक स्मृति ग्रन्थसमेत सार्वजनिक गर्ने भएको छ । पुस्तकमा अधिकारीका बाल्यकालदेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेता-कार्यकर्ताका, पूर्वअर्थमन्त्रीहरु पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम, भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछन् ।
यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदाका प्रशासनिक नेतृत्वको उच्च तहमा रहेकाहरुका विचारसमेत समेटिनेछन् ।
यस्तै फाउण्डेशनले कुनै समय पत्रिकाको सम्पादकका रुपमा भूमिका खेलेका अधिकारीको नाममा आगामी वार्षिकीका अवसरमा एक जना सम्पादकलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।
एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैँ बनाऔंँ’ कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाउनुभएका अधिकारीको ८२ वर्षको उमेरमा गएको २०७६ साल फागुन १८ गते निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।