निर्मला हत्या प्रकरण : गृह मन्त्री थापाको छोराको डीएनए परीक्षण गर्न तरुण दलको माग

 कात्तिक १०, २०७६ आइतबार १६:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गर्नु भएको छ ।

कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले त्यस हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृह मन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गर्नु भएको हो ।

तरुण दलको ६६औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृह मन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डीएनए परीक्षण गरौँ भन्ने आफूले आग्रह गरेको पनि बताउनुभयो ।

‘तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस्, तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डीएनए परीक्षण गरौँ भन्ने मेरो कुरा हो ।’

२०७५ साल साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । अध्यक्ष बस्नेतले पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा निर्मला हत्याकाण्डको तथ्य पत्ता लगाउन आफूले पटक–पटक गृह मन्त्री थापाको छोराको डीएनए परीक्षणको माग गर्दै आएको पनि बताउनुभयो ।

अध्यक्ष बस्नेतले २०३६ सालमा हत्या गरिएकी नमिता–सुनिता हत्याकाण्डको पनि आफ्नो संगठनहरुले पर्दाफास गर्ने बताउनुभयो । दरबारियाहरुले त्यस ती दुई नारीको हत्या गरे पनि त्यतिबेला नेपाल तरुण दल नभएकाले त्यस हत्यामा संलग्नहरु सार्वजनिक हुन नसकेको उहाँको दाबी थियो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नीरज

    Oct. 27, 2019, 5:38 p.m.

    डेढ बर्स बिते पछि बल्ल तरुण दल को होश आयो र डीएनए परीक्षण को माग गर्दै छ। दोषी हो भने र सक्छौ भने आमरण अनसन गर , जुलूस निकाल, आफ्नो राजनीति स्वार्थ पूरा गर्ने , बीच बीच मा किन फलाकने हो हजूर , अझै केहि आस छ सत्ता को लागि बार्गेनिंग हो कि क्या हो

  •  0 Reply

तपाईको प्रतिक्रिया