राष्ट्रपति, प्रधानमन्त्री तथा दलका शीर्ष नेताबाट दीपावली र नेपाल सम्वतकाे शुभकामना व्यक्त

 कात्तिक १२, २०७६ मंगलबार ६:२९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताले दीपावली एवं नेपाल संवतको नयाँ वर्ष ११४० को अवसरमा शुभकामना दिनुभएको छ ।

शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक संवतकाे रूपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास गर्नुभयो ।

दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिनुभएको छ । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल संवतकाे नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबैखाले अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । सभापति देउवाले नेपाल संवत् ११४० को पनि शुभकामना दिनुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले ९३७ साल (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत सुरुवात गराउनुभएको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया