सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जहाज उडान गर्ने सम्झौता गरेसँगै जनरल सेल्स एजेन्ट ‘जीएसए’ नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।
निगमले साउदीमा उडान गर्ने भएपछि जीएसए लिन धेरै कम्पनीले चासो देखाएका थिए । चासो देखाएका एजेन्सीमध्ये ज्याज एभिएसनलाई छनोट गरेको र यसबारे अध्ययन गर्न एउटा टोली साउदी अरेबिया जान लागेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो ।
व्यवस्थापन समूहबाट एकजना र सञ्चालकमध्ये एकजना गरी दुईजनाको टोली साउदी जाने तयारी भए पनि मिति भने तोकिनसकिएको उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।