सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सले मध्यावधि आम चुनाव गराउने प्रधानमन्त्री बोरिस जोन्सोनको प्रस्ताव अस्वीकृत गरेको छ ।
डिसेम्बर १२ तारिखमा आम चुनाव गराउने प्रधानमन्त्री जोनसनले गरेको प्रस्तावको पक्षमा २९९ र विपक्षमा ७० मत खसेको थियो । धेरै मत पक्षमा परे पनि प्रधानमन्त्रीको प्रस्ताव पारित हुन आवश्यक पर्ने ४ सय ३४ मत नआएकाले प्रस्ताव अस्वीकृत भएको हो ।
संसदमा बेलायती विपक्षी दलका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसनलाई विश्वास गर्न नसकिने बताउनुभएको थियो ।
बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता अर्थात ब्रेक्जिटको समयावधि आगामी जनवरी महिनाको अन्तिमसम्म थपिएको छ । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले युरोपेली सङ्घबाट बेलायत बाहिरिने समयावधि थप गरेको बताउनुभएको हो ।
जनवरी ३१ को समय सीमाबारे बेलायती संसद्को निर्णय अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली परिषदमा समय थप गर्न अनुरोध गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।