सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाउनु भएको छ ।
प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिनु भएको हो । भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गर्नु भएको थियो ।
त्यस अवसरमा उहाँले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाइदिनु भएको थियो ।
तिहारमा नराम्रा काम नगर्न आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गर्नु भएको छ । तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भइरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले तिहारले सिंगो नेपाली समाजलाई नै सुमधुर सम्बन्धसहितको सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान र्दिरहेको पनि स्मरण गराउनुभयो ।
‘तिहारले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित, मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित, व्यवस्थित गराउन ठूलो योगदान गरेको छ’, मंगलबार आफ्नै सरकारी निवास बालुवाटारमा चार बहिनीहरुबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर तिहारमा नराम्रा क्रियाकलाप हुने गरेकाले ती क्रियाकलापहरुलाई हामीले छोडनुपर्छ, ती हाम्रा परम्परा होइनन्, त्यस्ता विकृतिलाई छाडेर सुकीर्तिलाई अघि बढाउन र अपनाउन म सबैलाई आग्रह गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।