सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - मिथिलाञ्चलमा बुधबारदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ ।
सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाइ छठ पर्वको शुरुवात हुन्छ । आजको दिन माछा र कोदो खान नहुने धार्मिक मान्यता रहेको सस्कृतिविद्ले बताएका छन् ।
छठ पूजाको दोस्रो दिन भोलि खरना मनाइन्छ । जसअन्तर्गत व्रतालुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाइ अरबा अरबाइन अर्थात बिना नुनको खानेकुरा खाने गर्दछन् ।
त्यस्तै पर्वको तेस्रो दिन व्रतालुले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पक्वान्न बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट अर्थात् आउने आइतबार बिहान उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।