अधिकांश नेवार समुदायले आज भाइटीका लगाउँदै

 कात्तिक १३, २०७६ बुधबार ८:६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -मंगलबार भाइटीका नगरेका नेवार समुदायले आज भाइटीका लगाउँदैछन् ।

नेपाल पञ्चाङग निर्णायक समितिको निर्यण अनुसार हिजो अर्थात् मंगलबार नै भाइटीका मनाइए पनि उपत्यकाका नेवार समुदायले भने आज मात्रै भाइटीका मनाउँदैछन् ।

उपत्यकाका नेवार समुदाय बाहेकले भने अधिकांशले हिजो मंगलबार नै भाइटीका लगाएका छन् । मंगलबार बिहान ११ बजे ५५ मिनेटको उत्तम साइतमा दिदीबहिनीले दाजुभाइलाई भाइटिका र फूलमाला लगाइदिए भने उत्तम साइतमा टिका लगाउन नपाएकाले भने आफूलाई पायक पर्ने समयमा टिका लगाए ।

भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ । दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वाससमेत छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

नेवार समुदायले मनाउने किजा पुजा अर्थात भाइटीकाको लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ । 
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया