तिहार सकिएलगत्तै सस्तियाे तरकारी

 कात्तिक १३, २०७६ बुधबार ८:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा आज बुधबार हरियो धनियाँ सस्तो भएको छ ।

किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर हरियो धनियाँ बुधबार किलोको ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ । मंगलबार हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो ।

यस्तै गान्टे मुलाको भाउ पनि किलोमा ५० रुपैयाँले घटेर किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । भाउ घटेपछि पाते च्याउ किलोको १ सय ९० रुपैयाँ, डल्ले च्याउ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ । अरु तरकारीको भाउ भने मंगलबारकाेजस्तै छ ।

बजारमा बुधबार रातो भारतीय आलु किलोको ५० रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मूल्य तोकिएको समितिले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया