सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ ।
पुरानै समस्या देखिएपछि उहाँलाई बुधबार बिहान काठमाण्डौकाे धापासीमा रहेको ग्राण्डी इन्टरनेश्नल अस्पताल पुर्याइएको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई अहिले इन्टेन्सिभ केयर युनिट (आइसीयू) राखेर उपचार सुरु गरिएको छ ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने उहाँलाई नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको दावी गर्नुभएको छ । १२ वर्षअघि मिर्गौला फेरिएकाले प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको साउन अन्तिम र भदौ पहिलो हप्ता प्रधानमन्त्री ओलीले सिंंगापुरको नेशनल युनिर्भसिटी अस्पतालमा उपचार गरेर फर्किएपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।