प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण सकियो, बालुवाटार फर्कने तयारी

 कात्तिक १३, २०७६ बुधबार १४:४५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण सकिएको छ ।

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि काठमाण्डौको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

उहाँ आजै ४ बजेपछि सरकारी निवास बालुवाटर फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिनुभयो । १२ वर्षअघि मिर्गौला फेरेकाले उहाँले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको भदौ महिनामा उहाँले सिंगापुरको नेशनल युनिर्भसिटी अस्पतालमा उपचार गरेर आएपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया