डब्बामा प्याक गरिएका जुसलगायतका पेय पदार्थले अकालमा ज्यान जाने खतरा बढाउँछ: अध्ययन

 कात्तिक १४, २०७६ बिहीबार ७:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

शत प्रतिशत फलफुलको जुस भनिएका बोतलका पेय पदार्थले समेत अकालमा ज्यान जाने खतरा बढाउने एक अध्ययनले देखाएको छ ।

१३ हजारभन्दा धेरै मानिसमा हालै गरिएको अध्ययनले फलफुलकै भनिए पनि प्याक गरिएका जुस पिउँदा अकालमै ज्यान जाने जोखिम ९ देखि ४२ प्रतिशतले बढाइदिने देखाएको सीएनएनले जनाएको छ ।

नयाँ अध्ययनले पूर्ण रुपमा फलफुलको जुस भएको र कुनै कृत्रिम चिनीयुक्त पदार्थ नमिसाइएको ‘नो एडेड सुगर’ भनेका पेय पदार्थसमेत फलदायक नहुने पत्ता लगाएको हो ।

यसअघिका अनुसन्धानले पनि सफ्ट ड्रिङ्क र जुस, मुटुसम्बन्धी रोगसँग सम्बन्धित रहेको देखाएको थियो । तर केही फलफुलमा हुने भिटामिन र खनिजलगायत गुणकारी तत्वले फाइदा पनि गराउन सक्ने भन्दै यो विषयमा थप अनुसन्धान आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया