गुह्येश्वरीमा छठकाे तयारी

 कात्तिक १४, २०७६ बिहीबार ७:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको गुह्येश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ ।

गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजाउनेलगायत काम सुरु गरेको हो । शनिबार अर्थात छठकाे दिनसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो ।

अघिल्लाे वर्ष ४ सय ५० छठघाट बनाइएकामा यस वर्ष ६ सय ५६ ओटाभन्दा बढी बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । तराईबासीले मनाउने सूर्य आराधनाको पर्व पछिल्ला वर्षहरुमा पहाडी समुदायले पनि मनाउन थालेका छन् ।

यस वर्ष कात्तिक १६ गते शनिबार परेकाे छठका दिन राष्ट्रपति विद्यादेवी भण्डारी गुह्येश्वरी जानुभइ अस्ताउँदो सूर्यलाई अर्घ् दिइ पूजा गर्नुहुने जनाइएको छ । छठ पर्व अन्तर्गत आउँदो शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ । कात्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस पालाकाे छठ पर्व समापन हुन्छ । 

छठ पर्व मनाउन सहज होस् भनी आगामी शनिबार बिहान गुह्येश्वरी क्षेत्रमा वाग्मती सफाइ महाअभियानले कार्यक्रम राखेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य राम साहले बताउनुभयो ।

यही कात्तिक १७ गतेपछि पनि गुह्येश्वरी क्षेत्रमा सफाइ गरी पुरानै अवस्थामा फर्काइने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया