काठमाण्डौ र ललितपुरमा रगतकाे अभाव बढ्दै: ताजा रगत पाउनै मुस्किल

 कात्तिक १४, २०७६ बिहीबार ९:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ र ललितपुरमा रगत अभाव बढेको छ ।

दशैँ, तिहारका कारण रक्तदान नहुँदा अभाव बढेको केन्द्रीय रक्तसञ्चार केन्द्रले जनाएको छ । चाडपर्व र त्यसपछिको समयमा बर्सेनि रगतको अभाव हुने गरेको छ । अहिले कलेजहरु समेत बन्द भएकाले रगत दान ठप्प जस्तै भएको केन्द्रको भनाइ छ ।

रगत अभाव हुँदा मागबमोजिम आपूर्तिमा कठिनाइ भएको केन्द्रका निर्देशक पवन गुप्ताले जानकारी दिनुभयो । दसैँ अघि डेङ्गुलगायत रोगबाट प्रभावित बिरामीका लागि रगतको माग बढेकाले पनि रगत अभाव देखिएको उहाँले बताउनुभयो ।

गुप्ताका अनुसार शल्यक्रिया गर्ने खालका बिरामीका लागि रगत पाउन समस्या नभए पनि ताजा रगत भने अभाव छ ।

अहिले दैनिक औसतमा डेढ सय युनिट रगतको माग भए पनि आपूर्ति खासै नभएको उहाँले बताउनभयो । उहाँले सकेसम्म धेरै संघसंस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिनुभयो । हरेक वर्ष रगतको अभाव भइरहे पनि केन्द्रले प्रभावकारी कार्यक्रम र समन्यव नगर्दा समस्या भएको भन्दै बिरामीका आफन्तले आक्रोश व्यक्त गर्ने गरेका छन् । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया