भारतकाे जम्मू-कश्मीर र लद्दाख बने केन्द्रशासित प्रदेश

 कात्तिक १४, २०७६ बिहिबार १३:२७:१३ | एजेन्सी
unn.prixa.net

गएको ५ अगष्टमा धारा ३७० हटाइएको झण्डै तीन महिनापछि बिहीबार जम्मू-कश्मीर र लद्दाख दुइटा केन्द्रशासित प्रदेश बनेका छन् । बुधबार रातिबाट जम्मू-कश्मीर राज्य दुई केन्द्रशासित प्रदेशमा विभाजित भैसकेका छन् । 

दुई केन्द्रशासित प्रदेशको अस्तित्वमा आउनका लागि ३१ अक्टोबरसम्मको तारिख तय गरिएको थियो, जुन स्वतन्त्र भारत पहिलेका गृह मन्त्री सरदार वल्लभभाई पटेलको जयन्ती पनि हाे । यही दिन राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाइन्छ । 

योसँगै भारतमा अब राज्यको संख्या घटेर २८ र केन्द्रशासित प्रदेशको संख्या बढेर ९ भएको छ । 

५ अष्टमा जम्मू-कश्मीरबाट धारा ३७० र ३५ए हटाइएपछि बिहीबार अर्थात ३१ अक्टोबरदेखि जम्मू-कश्मीरको कैयौँ चीज इतिहास बन्नेछन् । 

धारा ३७० र ३५ए ले भारतको ३० राज्यमध्ये जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिन्थ्यो । यो धारा हटेपछि जम्मू-कश्मीर राज्यको विशेष दर्जा पनि खत्तम भएको छ । 

साथै राज्यको जम्मू-कश्मीर र लद्दाख दुई भागमा विभाजनसँगै दुवैलाई केन्द्रशासित प्रदेश बनाइएको थियो, जुन बिहीबारदेखि लागू भएको छ । 

झण्डै ६५ वर्षसम्म जम्मू -कश्मीर भारत अन्तर्गत नै एक स्वायत्त राज्य थियो । यसका कारण उसको अलग प्रशासन थियो र अलग वित्तीय, कानुनी प्रणाली थियो, जसले राज्य बाहिरका अन्य मानिसलाई त्यहाँको जमिन र सम्पत्ति किन्ने अधिकार थिएन । 

साथै सबै सरकारी प्रतिष्ठान र गाडीमा राज्यको एक रातो झण्डा (तीनओटा सेतो धर्का र हलोको निशान) भारतीय तिरंगा (तीन ओटा रंग) सँगै रहन्थ्यो । 

सम्बन्धित समाचार

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया