धादिङमा जीप पल्टिँदा १९ जना घाइते

 कात्तिक १४, २०७६ बिहीबार १२:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – गजुरी गाउँपालिका २ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा १९ जना घाइते भएका छन् । 

बिहीबार ताल्तिबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप कच्ची सडकबाट झण्डै २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

घाइतेहरुलाई उद्धारपछि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया