सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ ।
विदेशका विभिन्न बैंकले झण्डै ५१ अर्ब रुपैयाँ लगानी गर्ने आयोजनामा शुक्रबार हस्ताक्षर हुने आयोजनाको प्रबर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको कम्पनीले जनाएको छ । आयोजनामा अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, कोरियन एक्जिम बैंक, यूके डेभलपमेन्ट बैंक लगायतले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । वित्तीय सम्झौता भएको ५ वर्षपछि अर्थात २०८० सालको चैत महिनाभित्र आयोजना सम्पन्न हुने पनि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
आयोजनाको लागत झण्डै ६५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।