सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौको महाराजगञ्जबाट आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले प्रहरीलाई अनुमति दिएको छ ।
महाराजगञ्ज प्रहरी हिरासतमा रहेका उनीहरुलाई तिहार बिदा सकिएसँगै बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइएकाे महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयाे ।
शनिबार राति पिपलमार्गमा रहेको विक्रम गौतमको दुई तले घरको भुइँ तल्लामा जुवा खेलिरहेका २५ जनालाई दुई करोड ७२ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको थियो ।
साेमबार र बुधबार बन्दी प्रत्यक्षीकरणकाे निवेदन दिएका १४ जनालाई सर्वाेच्च उपस्थित गराइएकाे प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिनुभयाे । सर्वाेच्चमा आइतबार ६ जना र साेमबार र बुधबार निवेदन दिएका ८ जना गरी १४ जनालाई एकै पटक अदालतमा उपस्थित गराउन अदालतले प्रहरीलाई आदेश दिएकाे थियाे ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् ।
यसैगरी पक्राउ पर्नेमा हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन् । पक्राउ परेका २५ जनामध्ये १४ जनाले बिहीबार नै सर्वाेच्च अदालतमा उपस्थित गराइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।