मेलम्चीबाट काठमाण्डौ आउँदै गरेको बस दुर्घटना : तीन जनाको ज्यान गयो, २५ घाइते

 कात्तिक १४, २०७६ बिहीबार १७:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाण्डौ आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान गुमाउनेको परिचय खुलिसकेकाे छैन । 

शंकरापुर नगरपालिका ४ को लप्सीफेदी नजिक बस दुर्घटना हुँदा अन्य २५ जना घाइते भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ । घाइतेहरुको उद्धार भैरहेको प्रहरीले जनाएको छ । 

हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको हो । ज्यान गुमाउनेमा दुई जना महिला र एक जना पुरुष रहेकाे र दुर्घटनाबारे थप विवरण आउने केही समय लाग्ने प्रहरीले जनाएको छ । 

ओरालोमा अनियन्त्रित भइ बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया