साँखु फेदी दुर्घटना : ज्यान गुमाउनेको परिचय अझै खुल्न सकेन

 कात्तिक १५, २०७६ शुक्रबार ७:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको लप्सेफेदीमा बिहीबार बेलुकी यात्रु बस दुर्घटना हुँदा ज्यान गएकाको अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । कपडाको आधारमा र आफन्तसँग गरिएको फोन कुराकानीका आधारमा अपुष्ट रुपमा नाम खुले पनि आफन्त आएपछि मात्रै परिचय खुल्ने साँखु प्रहरीले जनाएको हो ।

तीनै जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ५०७० नम्बरको बस काठमाण्डौको लप्सेफेदीमा दुर्घटना भएकोे थियो ।

दुर्घटनाको कारण खुली नसके पनि धेरै यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 
 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया