कृष्णनगरको जनजीवन सामान्य, सुरक्षाको अवस्था हेरेर कर्फ्यू हटाइने

 कात्तिक १५, २०७६ शुक्रबार ११:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – कृष्णनगर बजारको जनजीवन सामान्य बन्दै गएको छ । बुधबार राति लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने क्रममा झडप भएपछि बढेको तनाव बिहीबार राति मूर्ति विसर्जन गरेपछि सामान्य बन्दै गएको हो । 

बिहीबार राति भएको वार्तामा प्रहरीको गोली लागि ज्यान गुमाएका भारतीय नागरिक सुरवकुमार पाण्डेका परिवारलाई क्षतीपूर्तिको लागि सिफारिस गर्ने, दोषीलाई कारबाही गर्ने र घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने सहमति भएपछि राति नै मूर्ति विसर्जन गरिएको हो । 

जनजीवन सामान्य बन्दै गए पनि बिहीबार बिहान ११ बजेदेखि लगाइएको कर्फ्यू भने अझै हटाइएको छैन । केही समय शान्ति सुरक्षाको अवस्था हेरेर कर्फ्यू हटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद र झडप हुँदा बुधबार १० जना घाइते भएपछि बिहीबारदेखि कर्फ्यू लगाइएको हो । 

बिहीबार कर्फ्यू उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कृष्णनगरमा पसल गरी बस्ने भारतीय नागरिक पाण्डेको ज्यान गएको थियो ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया