प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयन गर्ने जिम्मा केन्द्रीय पदाधिकारीलाई

 कात्तिक १५, २०७६ शुक्रबार १८:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसले तिलक राईलाई उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर १४ गते धरान उपमहानगरपालिका प्रमुखका लागि उपचुनाव हुँदै छ । 

सुनसरी जिल्ला कार्यसमिति तथा क्षेत्रीय समितिले सिफारिस गरी पठाएअनुसार नै राईको नाम पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । 

यस्तै मंसिर १४ गते नै हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि रिक्त रहेका विभिन्न ठाउँको उम्मेदवार चयन गर्ने जिम्मा केन्द्रीय पदाधिकारीलाई दिने निर्णय पनि बैठकले गरेको छ । 

पार्टीको विधानको धारा ३२ अनुसार उम्मेदवार चयन गर्ने जिम्मा केन्द्रीय पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया