बलात्कार गरेर पीडितसँग ४ लाख रुपैयाँ माग्ने एक जना पक्राउ

 कात्तिक १५, २०७६ शुक्रबार २०:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – एक जना महिलालाई बलात्कार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

चौरजहारी नगरपालिकाकी ४८ वर्षीया महिलालाई पटक-पटक बलात्कार गरेको आरोपमा त्यही वडाका ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । 

चन्दले पीडित महिलाको घरमा कोही नभएको समयमा गएको असोज १९ गते बिहान डर धम्की देखाइ जबरजस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभयो ।

चन्दले पुनः गएको कात्तिक ७ गते बिहान घरमा कोही नभएको समयमा पीडितको घरमा पुगेर जबरजस्ती करणी गरी धम्काउँदै चार लाख रुपैयाँ मागेको डीएसपी खड्काले बताउनुभयो । पैसा नदिए बेइज्जत गरिदिन्छु भन्दै चन्दले पीडित महिलालाई मानसिक तनाव दिएको प्रहरीले जनाएको छ । 

चन्दलाइ बिहीबार प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डीएसपी खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया