सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
दाङ – दाङको देउखुरीमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गढवा गाउँपालिका ६ को मनिकापुरकी ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको प्रहरीले जनाएको छ ।
गढवा गाउँपालिका-६, को मनिकापुरमा भैलो खेलेर संकलन भएको रकमले कोइलाबास सडकको चिसापानीमा वनभोज खाएर फर्कने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका तीन जना बालिकाको उपचारको क्रममा गढवा स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा अन्य २६ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Vijay gurung
Nov. 2, 2019, 11:52 p.m.कोइलावास होइन, कोइलावास सडक हो , गढवा गाउँपालिका वडा नं ५ /जमुनिवास देखि १.५ किलोमिटर माथि कोर्चे भन्ने ठाउँमा दुर्घटना भएको हो /