नुवाकोट : फुपूले गरिन् ३ वर्षीय भदाको हत्या

 कात्तिक १५, २०७६ शुक्रबार २०:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट - नुवाकोटमा एक महिलाले आफ्ना भाइको छोरा(भदा)को हत्या गरेकी छिन् ।

शुक्रबार अपरान्ह बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलका तीन वर्षीय बालक सुजन रानामगरको  २८ वर्षिया पार्वती राना मगरले खुर्पाले हानेर हत्या गरेकी हुन् । पार्वतीले आफ्नै भाइ नवराजका छोरा सुजनको हत्या गरेको प्रहरीले जनाएको छ ।

नाताले फुपू पर्ने पार्वतीले घरमा कोही नभएको बेला खुर्पाले घाँटीमा हानेर सुजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो । बालकको घटनास्थलमै ज्यान गएको फुयाँलले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भनिएकी पार्वतीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पार्वती आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरी केही वर्षदेखि माइतीमा बस्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया