सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – सरकारले नै गुठी संस्थानको भोगचलन गरेका जग्गाको अरबौँ रकम नतिरेको खुलासा भएको छ ।
गुठी संस्थानले आफ्नो ५६ औँ वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर आइतबार काठमाण्डौमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सरकारले आफ्नो कार्यालय र अन्य संघ-संस्थाका लागि जनकपुरमा मात्रै गुठीको एक सय ७० बिगाहाभन्दा बढी उपयोग गरे पनि त्यसको मात्रै १५ अर्बभन्दा बढी बहाल नदिएको उल्लेख गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थानका प्रशासक नारायण चौंधरीले सरकार र अन्य संघ-संस्थाहरुसँग गुठीको जग्गाको झण्डै १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ असुली गर्न बाँकी रहेको उल्लेख गर्दै असुलीका लागि सरकारसँग पत्राचार गर्ने निर्णय गरिएको पनि बताउनुभयो ।
प्रतिवेदनमा सरकारसँग अरबौँ रकम असुली हुन नसक्दा गुठी संस्थान सञ्चालनमा खर्च अभाव हुने अवस्था आएको उल्लेख गरिएको छ ।
गुठी संस्थानले आर्थिक वर्ष २०७६/०७७ को आय ६७ करोड ५७ लाख १४ हजार ८ सय र ५८ करोड ८२ लाख ५५ हजार ९ सय व्ययको पनि अनुमान गरेको छ ।
संस्थानका प्रशासक चौधरीले गुठी संस्थानको आर्थिक पारदर्शिताका लागि भन्दै भेटी संकलनको आधार, मापदण्ड तय गरी लागू गर्ने योजना पनि वार्षिक साधारण सभामा प्रस्तुत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।