सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
दाङ – दाङको देउखुरीमा भएकाे ट्रयाक्टर दुर्घटनामा तीन जना विद्यार्थीको ज्यान गएको शोकमा आइतबार गढवा गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् ।
शुक्रबार दाङको गढवा गाउँपालिका ६ को जमुनिवासबाट वनभोज खाएर फर्कँदै गरेका विद्यार्थीहरु चढेको रा १ त २३९३ नम्बरको ट्रयाक्टर कोइलावास सडक, गढवा गाउँपालिका ५ को जमुनावासदेखि डेढ किमीमाथि कोर्चे भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । दुर्घटनामा अन्य २६ जना घाइते भएका थिए ।
देउखुरीको गढवा गाउँपालिका-६, मनिकापुरबाट देउसी भैलो खेलेर वनभोजको लागि कोइलावास सडकखण्ड अन्तर्गत जमुनिवास गएका किशोर किशोरी चढेको ट्रयाक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा गढवा गाउँपालिका-६, मनिकापुरका ११ वर्षीय निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुनको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।