सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
अर्घाखाँची – उज्यालो सहकर्मी प्रेमनारायण आचार्य उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सन्धिखर्कको चुत्राबेसीमा हरेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट आचार्य पुरस्कृत हुनुभएको हो । उहाँ विगत १२ वर्षदेखि राष्ट्रिय तथ स्थानीय मिडियामा कार्यरत हुनुहुन्छ ।
अर्घाखाँचीमा बसेर सहकारीको क्षेत्रमा उत्कृष्ट कलम चलाए बापत आचार्यलाई पुरस्कृत गरिएकाे हाे ।
सहकारीको आठौँ साधारण सभा तथा पाँचौ अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विक र संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले आचार्यलाई दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नुभयाे।
आचार्यले पुरस्कार बापतको रकम जनगायक जीवन शर्माका छोराको उपचारका लागि प्रदान गर्नुभएको छ । अर्घाखाँचीमा जीवन शर्माका छोरा बचाऊ अभियान चलाइरहनुभएका कविराम खनालमार्फत पुरस्कार बापतको रकम आचार्यले प्रदान गर्नुभएको हो ।
कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयबाट गएको वर्षको एसईई परीक्षामा उत्कृष्ट जीपीए अंक ल्याउने २/२ जना शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।
२०६८ सालमा स्थापित संस्थामा अहिले एक हजारभन्दा बढी शेयर सदस्यहरु आबद्ध रहेको सहकारीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।