सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – अनियमितताको अरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन भएको छ ।
सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले जानकारी दिनुभयो ।
समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन् । आरोप लागेर छानविन समिति बनेपछि श्रेष्ठको पद स्वतः निलम्बनमा परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उहाँ स्वतः निलम्बनमा परेको नागिलाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठविरुद्ध खराब कर्जा लुकाउन सहयोग गरेको आरोपबारे छानविन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो । श्रेष्ठमाथि कारबाहीको सिफारिस गर्न आइतबार सञ्चालक समितिको बैठक बसेपनि कुनै निर्णय गर्न सकेको थिएन ।
श्रेष्ठमाथि प्रक्रिया पूरा नहुँदै विभिन्न कम्पनीको लाभांश विदेश लैजान सहयोग गरेको र विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको आरोप लागेको छ । आरोप पुष्टि भएका राष्ट्र बैंकको सञ्चालक समितिले कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।