धान खेतमा जोगमान हजुरबाको जोश : राधा क्यूँ गोरी म क्यूँ काला, तेरी प्यारी प्यारी सुरत...!

 कात्तिक १८, २०७६ सोमबार १४:२८:२६ | उज्यालो सहकर्मी

कीर्तिपुर सल्यानस्थानको खेतमा धान काटिरहेका हजुरबाले आफ्नो बारेमा भन्नुभयो, ‘मेरो नाम जोगमान महर्जन । कीर्तिपुर बजारमा गएर मेरो नाम भन्नुहोस्, सबैले चिन्छन् ।’

आफ्नो परिचय दिने ७७ वर्षीय हजुरबाको यो शैलीमा घमण्ड र दम्भ होइन, आफ्नो कामप्रतिको गर्व, समर्पण र लगाव झल्किन्थ्यो ।

उहाँ आफैंले प्रष्ट्याउनुभयो, ‘मलाई कीर्तिपुरको गुरु भन्छन् । बाजा बजाउन सिकाउँछु । कीर्तिपुरका धेरैले मसँग बाजा बजाउन सिकेका छन् । हार्मोनियम र तबला बजाउन सिपालु छु । त्यसैले धेरैले मलाई चिन्छन् ।’

उहाँ हरेक दिन बिहान कीर्तिपुरको बाघभैरव मन्दिर पुग्नुहुन्छ । भजन समूहमा मिसिनुहुन्छ । कहिले हार्मोनियम बजाउनुहुन्छ, कहिले तबला । बाजाको तालमा अर्कोले भजन गाउन थालेपछि उहाँले पनि स्वर मिसाउनुहुन्छ ।

‘कहिलेकाहीँ म पनि भजन र गीत गाउँछु’ मुस्कुराउँदै उहाँले भन्नुभयो । सुनौं न त एउटा भजन भनेपछि जोगमान हजुरबा धान काट्न छोडेर उभिनुभयो । नजिकै परालको कुन्यूमा अढेस लगाएर कृष्ण भजन सुनाउनुभयो :

यशोमती मैया से बोले नंदलाला
राधा क्यूँ गोरी में क्यूँ काला 
राधा क्यूँ गोरी में क्यूँ काला
बोली मुस्काती मैया लालन को बाताया
बोली मुस्काती मैया लालन को बाताया 
काली आन्धिअरी आधी रात में तू आया
लाडला कन्हिया मेरा हूऊऊओ 
लाडला कनाहिया मेरा काली कमलीवाला
इसी लिए काला ।।

मीठो स्वरमा भजन गाइसकेपछि हजुरबाले थप्नुभयो, ‘हार्मोनियम र तबलाको तालमा त अझ योभन्दा मीठो सुनिन्छ ।’ 

हुन त उहाँ गीत गाउने मान्छे होइन, बाजा बजाउन सिकाउने गुरु हो । तर अरुले गाएको गीतको तालमा बाजा बजाउने क्रममा गाउन पनि जानेको उहाँले सुनाउनुभयो । त्यसपछि उहाँले मोहम्मद रफीको झल्को दिनेगरी अर्को हिन्दी गीत सुनाउनुभयो :

तेरी प्यारी प्यारी सूरत को किसी की नज़र ना लगे
चश्मे बद्दूर
मुखड़े को छुपा लो आँचल में कहीं मेरी नज़र ना लगे
चश्मे बद्दूर।।

यूँ ना अकेले फिरा करो सबकी नज़र से डरा करो
फूल से ज्यादा नाज़ुक हो तुम चाल संभलकर चला करो
जुल्फों को गिरा लो गालों पर मौसम की नज़र ना लगे
चश्मे बद्दूर।।

एक झलक जो पाता है राही वहीं रुक जाता है
देख के तेरा रूप सलोना चाँद भी सर को झुकाता है
देखा ना करो तुम आइना कहीं ख़ुद की नज़र ना लगे
चश्मे बद्दूर।।

हुबहु शब्द र शैलीमा गीत गाएपछि हजुरबा मुस्कुराउनुभयो । ‘भजन र गीतको भाका अनि बाजाको तालमा अनौठो शक्ति पनि हुन्छ’ हजुरबाले थप्नुभयो, ‘मनमा आनन्द, शरीरमा ऊर्जा ।’

(जोगमान महर्जन र धानफाँटमा भेटिएका अरु किसानसँगको कुराकानी सोमबार प्रसारण भएको उज्यालो फल्चामा सुन्न सकिन्छ ।)

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया