अर्घाखाँचीमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते

 कात्तिक २०, २०७६ बुधबार १०:४१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया