सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
बर्दिया – गुलरिया नगरपालिकामा निर्माणाधीन हुलाकी सडकमा रहेको घर भत्काउने क्रममा भित्ताले च्यापिएर घरधनीको ज्यान गएको छ ।
गुलरिया नगरपालिका ५ बजार क्षेत्रको हुलाकी सडक किनारमा रहेको दुर्गा गेष्ट हाउसका सञ्चालक घरधनी ६० वर्षीय भवीप्रसाद पाैडेलको घरको भित्ता ढलेपछि भित्ताले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण वलीले जानकारी दिनुभयो ।
घरको दोस्रो तलाको भित्ता ढल्दा धरधनी पौडेलसहित तीन जना जना च्यापिएका थिए । घरको भित्ता ढल्दा घरधनीको ज्यान गएको र घाइते भएका अन्य दुई जना कामदार मनक्रम थारु र नवराज चौधरीलाई उद्धार गरिएको इन्स्पेक्टर वलीले बताउनुभयो ।
घाइते भएका मनक्रम थारु र नवराज चौधरीलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।