आज र भोलि मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना: सतर्क रहन आग्रह

 कात्तिक २०, २०७६ बुधबार १८:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।

पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ । आज र भोलि बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पान पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । यस्तै पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेकाे छ । 

पर्वतारोहीले सावधानी अपनाउनु पर्ने

पश्चिमी वायु र चक्रवातको प्रभावले उच्च पहाडी र हिमाली जिल्लामा हिउँ पर्ने हुँदा पर्वतारोहणमा जाँदा सावधानी अपनाउन माैसमविद्ले सुझाव दिएका छन् । सकेसम्म एक दुई दिन पर्वतारोहणमा नजान मौसमविद् पोखरेलको सुझाव छ ।

हिउँसँगै चिसो हावा चल्ने सम्भावना रहेकाले पर्वतारोहणमा हिँडनै परे पनि विशेष सावधानी अपनाउन उहाँको आग्रह छ । अबको एक दुई दिन नै मौसम यस्तै रहने पनि मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया