कास्कीमा निर्वाचन कार्यालय नजिकै विस्फोट

 कात्तिक २१, २०७६ बिहिबार ११:५९:२१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ । उपचुनावको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो ।

विस्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

विस्फोट कसले र किन गरिएको भन्नेबारे पनि थाहा हुन सकेको छैन । वैदाम प्रहरी इञ्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिनुभयो । 

कास्की–२ मा हुन लागेको प्रतिनिधिसभाको उपचुनावको लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया