सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
बैतडी – जंगली जनावरको आतंक र बसाइँसराइका कारण बैतडीका अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ । पछिल्लो समय खेतीयोग्य जमिन बाँझै रहन थालेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । ।
जिल्लामा झण्डै ३१ हजार ४ सय ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भए पनि अहिले २५ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जंगली जनावरहरु बाँदर र बदेँलको आतंकले बढीजसो खेतीयोग्य जमिन बाँझै छाड्ने गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा २० हजार ९ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको भए पनि अहिले घटेर १७ हजार ५ सय हेक्टरमा मात्रै गहुँ खेती गरिन्छ ।
यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको भए पनि अहिले घटेर १२ हजार २ सय हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बैतडीको पाटन, हाट, सलेना, गोकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँ खेतीका पकेट क्षेत्र हुन् भने जिल्ला सबैजसो स्थानमा मकै खेती गरिन्छ । बैतडीमा धान खेती भने ९ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।