दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टिमकाे घाेषणा

 कात्तिक २३, २०७६ शनिबार १३:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदाे दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला  फुटबल टोलीको घोषणा भएको छ ।

प्रतियोगिता सुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यीय टिमको नामावली सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिखसम्म काठमाण्डौ र पोखरामा आयोजना हुनेछ । महिला फुटबल पोखरामा सञ्चालन हुने बताइएको छ ।

नेपाली टिममा रहेका अधिकांश सदस्य गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेका रहेका छन् ।

नेपाली टिम यस प्रकार छ

गोलकिपर : एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू, पूजा राना
मिडफिल्डर : रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मञ्जल कुमारी योञ्जन, विमला चौधरी
फरवार्ड : सावित्रा भण्डारी, निरु थापा, अनिता केसी 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया