सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
जुम्ला - खलंगाको मुख्य बजारमा रहेको नेवा किचनमा भीषण आगलागी भएको छ । होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो निभाइएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ ।
चन्दननाथ नगरपालिकाको दमकलले आगो निभाएको हो । शनिबार बिहान ९ बजतिर आगलागी भएको हो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफैले आगो लागेको देखेपछि तत्काल सुरक्षा अधिकारीहरुलाई खबर गर्नु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट एक घर पर रहेको होटलमा आगो लागेको देखेपछि प्रजिअ बञ्जाडेले तत्काल मेयर कान्तिका सेजुवाललाई फोन गर्नुभएको थियो । दमकल ५ मिनेटमै घटनास्थलमा पुगेको प्रजिअ बञ्जाडेले जनाउनुभयो ।
खबर आउनेबित्तिकै ५ मिनेटमै दमकल पुर्याउन सफल हुँदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दमकलमा हरेक दिन पानी भरेर तयारी अवस्थामा राख्ने गरिएकाले सजिलो भएकाले जानकारी दिनुभयो । दमकलका चालक लेख न्यौपानले चाडै दमकल पुर्याएर क्षति कम गर्न सफल भएको जानकारी उहाँले दिनुभयो ।
यसैगरी चन्दननाथ नगरपालिका ५ का घरधनी नवराज श्रेष्ठको घरको माथिल्लो तला पूर्ण रुपमा जलेको र क्षतिको यकिन विवरण प्रहरीले संकलन गर्दै गरेको प्रहरी नायब उपरीक्ष (डीएसपी) कलालबहादुर धामीले जानकारी दिनुभयो ।
मुख्य बजारमा दमकल आउन समस्या
जुम्लाका कतिपय मुख्य बजारमा दमकल नै नछिर्ने भएकाले त्यसअनुसारको बाटोको आवश्यकता छ । तथापि बढ्दो विकाससँगै यो विषयमा ध्यान नदिएकोमा उच्च जोखिम रहने भन्दै भौतिक पूर्वाधार निर्माणमा स्थानीयले जोड दिएका छन् ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।