जो रुटको शतकमा भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो श्रृङ्खला

 साउन २, २०७५ बुधबार ६:३५:३ | एजेन्सी

इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै तेस्रो एकदिवसी खेल जितेको छ । यसका साथै इंग्ल्याण्डले २–१ को जित हात पार्दै श्रृङ्खला आफ्नो नाममा पारेको छ । 

लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । २५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ३ बलमा मात्र दुई विकेटको क्षतिमा जित हात पार्यो । 

भारतका लागि कप्तान विराट कोहलीले ७१ तथा महेन्द्रसिंह धोनीले ४२ रनको योगदान दिए । भारतका लागि रोहित शर्मा र शिखर धवन जम्न सकेनन् । 

इंग्ल्याण्डका लागि डेभिड विली तथा आदिल राशिदले उत्कृष्ट बलिङ गरे । विलीले ४० रन खर्चिएर ३ विकेट लिए भने राशिदले ४९ रन खर्चिँदै ३ विकेट नै लिए । 

२५७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याङिमा उत्रिएको इंग्ल्याण्डले शानदार ब्याटिङ गर्यो । इंग्ल्याण्डका लागि जो रुटले १२० बलमा १० चौकासहित शतक प्रहार गरे । त्यस्तै कप्तान इयोन मोर्गनले १०८ बलमा नौ चौका र एक छक्काको सहयोगले ८८ रन बनाए । 

भारतका लागि शार्दुल ठाकुरले मात्रै एक विकेट लिए । 

यस श्रृङ्खलाको पहिलो खेल हारे पनि इंग्ल्याण्डले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला दुई खेल जित्यो । 

भारतीय क्रिकेट टिमले अहिलेसम्म लगातार नौ वटा द्विपक्षीय श्रृङ्खला जितेको थियो । तर इंग्ल्याण्डसँगको यो पराजयले भने भारतको जितको श्रृङ्खला रोकिएको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया