बंगलादेशका राष्ट्रपति आउने बेला विमानस्थल आधा घण्टा बन्द हुने

 कात्तिक २६, २०७६ मंगलबार १२:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणका कारण त्रिभुवन विमानस्थल मंगलबार आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति हमिद विमानस्थल आइपुग्ने बेला दिउँसो १२ बजेर २५ मिनेटदेखि १ बजेर ५ मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तालिका छ । 
उहाँसँगै बङ्गलादेशका विशिष्ट अतिथीले विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद आउँदो शुक्रबार स्वदेश फर्कनु हुनेछ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया