सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
रौतहट - रौतहटको इसनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार बम प्रहार भएको छ ।
बम प्रहारमा परेर एक प्रहरी जवान घाइते भएका छन् । बम प्रहार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
रौतहट प्रहरीका अनुसार BR 05 S6509 नम्बरको भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमा दुई जना भारतीय नागरिक आएको र मठिया प्रहरी चौकीमा रहेका सेन्ट्रीलाई लक्षित गरेर सुतली बम प्रहार गर्दा सेन्ट्री सामान्य घाइते भएका छन् ।
बम प्रहार गरेर मोटरसाइकलसहित भाग्दै गर्दा दशगजा क्षेत्रबाट चालकसहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बम प्रहार गर्ने व्यक्ति भने फरार रहेका उनको खोजी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।