उत्तर प्रदेशको नोएडामा दुई वटा भवन भत्कियो : दुईको शव निकालियो, केही थिचिएको आशंका

 साउन २, २०७५ बुधबार ६:५९:५२ | एजेन्सी

भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडा दुई वटा भवन भत्किँदा केही मान्छे थिचिएको आशंका गरिएको छ । अहिलेसम्म भवनले थिचेको अवस्थामा दुई जनाको शव निकालिएको बीबीसीले जनाएको छ । 

ग्रेटर नोएडाको शाह बेरी गाउँमा मंगलबार राति यो घटना घटेको थियो । भत्किएका भवनमा एउटा निर्माणाधीन भवन थियो भने अर्को दुई वर्षअघि निर्माण भैसकेको भवन थियो । 

अहिलेसम्म ती भवनमा कति मान्छे बस्थे भन्ने आधिकारिक जानकारी आएको छैन । उद्धारमा खटिएका अधिकारीले केही मानिसलाई भवनले थिचिएको हुन सक्ने बताएका छन् । 

उद्धार कार्यमा नेसनल डिसास्टर रेस्पोन्स टिम(एनडीआरएफ’ का दुई सय जना उद्धारकर्मी उद्धारमा जुटिरहेका छन् । 

भवन किन भत्कियो भन्ने केही कारण खुलेको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जाँच गर्न आदेश दिएका छन् । त्यस्तै उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले भवन निर्माणमा कुनै कमजोरी भएको भए दोषीमाथि कडा कारबाही हुने बताएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया