धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौमा सबैभन्दा ठूलो समस्या भनेको पार्किङको हो । हाम्रो यहाँको सडकमा गाडीहरु पार्किङ गर्दा अहिले सडक नै ग्यारेज जस्तो भएको छ । निजीदेखि सार्वजनिक गाडीसम्म सबै सडकमा रोकेको हुन्छ । अझै ट्याक्सीमा यस्तो समस्या बढी छ ।
ट्याक्सीका लागि पार्किङ गर्ने ठाउँ नभएको भने होइन । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाभित्र ट्याक्सी पार्किङका लागि एक सय २२ ठाउँ छुट्याएको छ । तर पहिला तीन हजारदेखि ३५ सय मात्रै ट्याक्सी थिए । तर अहिले ८ हजारभन्दा बढी ट्याक्सी भइसकेका छन् ।
ट्याक्सीको संख्या बढे पनि हाम्रो सडकको चौडाइ जत्राको तत्रै छ । त्यसैले पहिलाको तुलनामा ट्याक्सीका लागि पार्किङको कमी भएको हो । तर पनि ट्राफिक प्रहरीले ट्याक्सीलाई ठाउँ हरेर सरकार महानगरपालिका, ट्राफिक प्रहरीको सहकार्यमा ३ वटा, ५ वटा पार्किङ दिने गरिएको छ ।
अब सडकको चौडाइ बढाएर सडकमा पार्किङ गर्न दिने त भन्ने कुरा पनि आउन सक्छ । ट्याक्सीलाई पहिलेदेखि सडकमा पार्किङको लागि ठाउँ दिइएको हो । अझै सडकमा बढी भिड हुने मोड, चोकमा दिन हुँदैन भनेर म पनि भन्छु र यसलाई परिवर्तन गर्नुपर्छ ।
पहिला सडकमा कम गाडी गुड्दा त ठिकै हो अहिले त गाडी नै १२ लाख भइसके अनि त्यसमाथि ट्याक्सी पनि बढेर ८ हजार बढी हुँदा अब ट्याक्सी पार्किङलाई व्यवस्थित बनाउनु नै पर्छ ।
अब यसको लागि ट्याक्सी व्यवसायी, समिति, कम्पनीहरुसँग सम्पर्क गरेर ट्याक्सी पार्किङ वा स्टपलाई जाम नहुने ठाउँमा सार्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।