सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – एनसेल प्राइभेट लिमिटेडले अहिले सञ्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाण्डौ र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पीओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
खुद्रा बिक्रेताहरुले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् ।
रिजन डेरी (बसपार्क), ओम साई राम कम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टीआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डीआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजना अन्तर्गत २४ क्यारेटको १–१ तोला सुन पुरस्कार पाएका छन् । ईपीओएस/खुद्राबिक्रेताले यो योजनाको ‘गोल्ड’ समूह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् ।
सिल्भर समूह अन्तर्गत चार खुद्रा बिक्रेताहरु राना स्टोर (मिलन टोल), एनबीटी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काइ स्टोर (नयाँबानेश्वर) र सरस्वती खाद्य स्टोर (भैँसेपाटी) ले १–१ थान ल्यापटप जित्न सफल भएका छन् । यसै समूह अन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मसिन जितेका छन् ।
यस योजना अन्तर्गत यी १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दीप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्त रुपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।
एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गर्नेछ ।
एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना २०७५ चैत्र १ देखि लागू गरेको थियो । यो योजना पुष २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै निश्चित अंक संकलन गर्नु पर्दछ ।
यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोञ्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराएर आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् ।
बम्पर उपहार बाहेक खुद्रा विक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इञ्चको स्मार्ट टीभी, एअर कन्डिसनर, आइप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ्गमसिन र ल्यापटपलगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।